Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक शेयर आजबाट बिक्रीमा

सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक शेयर आजबाट बिक्रीमा


  • 2.2K
    Shares

    • images
    सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक शेयर आजबाट बिक्रीमा
    images

    सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक शेयर आजबाट बिक्रीमा आएको छ ।

    बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ। 

    इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी काठमाण्डौको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्ने संख्या खुलाई निवेदन दिनुपर्नेछ। 

    निवेदन दिँदा न्यूनतम १० लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ। 

    तोकिएको समयभित्र शेयर खरिद आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार संस्थापकभन्दा बाहिरका व्यक्ति तथा संस्थालाई बिक्री गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ। 

    प्रकाशित मिति :आश्विन ७ २०७९ शुक्रवार - ११:४७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij