२०८२ भाद्र ९ गते सोमवार
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन गत आर्थिक वर्षभरि उत्साहजनक देखिन सकेन। जसकारण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको समेत अभाव सिर्जना भयो।
वाणिज्य बैंकहरुको समग्र डिपोजिटको कुरा गर्ने हो असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले डिपोजिट ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ थियो। तर साउन मसान्तमा आइपुदा उक्त डिपोजिट ४४ खर्ब ३३ अर्ब ३७ करोड पुगेको देखिन्छ। त्यस्तै भदौ मसान्तसम्ममा अर्थात् अहिले वाणिज्य बैंकको कुल डिपोजिटमा सुधार आई ४४ खर्ब ८५ अर्ब पुगेको छ।
यसले पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकममा पनि सुधार आएको देखिन्छ। भदौ मसान्तसम्मको अवस्था हेर्ने हो भने सबैभन्दा धेरै संकलन नबिल बैंकको छ। नबिल बैंकले ३ खर्ब ३१ अर्ब ३६ करोड रुपैयाँ संकलन गरेको छ। साउनमा नबिल बैंकको निक्षेप संकलन ३ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ थियो। साउनको तुलनामा नबिल बैंकको डिपोजिट ५ दशमलव १९ प्रतिशतले वृद्धि भएको हो।
दोस्रोमा एनआईसी एसिया बैंक छ जसको डिपोजिट ३ खर्ब ८ अर्ब ९२ करोड रुपैयाँ छ। साउनमा उक्त डिपोजिट ३ खर्ब ५ अर्ब १३ करोड रुपैयाँ थियो। साउनको तुलनामा एनआईसी एसिया बैंकले आफ्नो डिपोजिट ३ दशमलव ७९ प्रतिशतले वृद्धि गरेको हो।
तेस्रोमा ग्लोबल आईएमई बैंक देखिएको छ। ग्लोबल आईएमई बैंकले भदौ मसान्तसम्ममा २ खर्ब ८२ अर्ब रुपैयाँ संकलन गरेको छ। यस बैंकको डिपोजिट साउन मसान्तसम्ममा २ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ थियो। साउनको तुलनामा यस बैंकले भदौमा १ दशमलव ९९ प्रतिशतले आफ्नो डिपोजिट बढाएको हो।
चौथोमा राष्टिय वाणिज्य बैंक देखिएको छ। यस बैंकले भदौ अन्त्यसम्ममा आफ्नो निक्षेप २ खर्ब ५६ अर्ब ७७ करोड रुपैयाँ रुपैयाँ पु¥याएको छ। साउनमा महिनासम्ममा यस बैंकको डिपोजिट २ खर्ब ४१ अर्ब ३२ करोड रहेको थियो। यस बैंकको डिपोजिट उच्च वृद्धि भएको समेत देखिन्छ। साउन महिनाको तुलनामा भदौ महिनामा यस बैंकले १५ दशमलव ४५ प्रतिशत वृद्धि गरेको देखिएको हो।
अन्य बैंकको भदौ मसान्तसम्म कस्तो छ अवस्था?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij