Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एक सातामै थपियो ४१ अर्ब निक्षेप, कहाँबाट आयो ?

एक सातामै थपियो ४१ अर्ब निक्षेप, कहाँबाट आयो ?


  • 2.3K
    Shares

    • images
    एक सातामै थपियो ४१ अर्ब निक्षेप, कहाँबाट आयो ?
    images

    एक सातामै वाणिज्य बैंकहरूमा करिब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । चालु आर्थिक वर्ष सुरु भएपछिका अधिकांश सातामा निक्षेप घटिरहेको बेला गत साता एकै पटक ४० अर्ब रुपैयाँभन्दा बढी निक्षेप थपिएको बैंकर्स संघले जनाएको छ ।

    संघका अनुसार गत भदौ ३१ सम्ममा वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ छ । भदौ २४ गतेसम्म यस्तो निक्षेप ४४ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो । यो अवधिमा रेमिट्यान्स आप्रवाहमा सुधार भएको र सरकारी खर्च पनि बढेकाले निक्षेपमा सुधार भएको बैंकरहरु बताउँछन् ।

    पछिल्ला महिनाहरूमा प्राय सबै साता निक्षेप घटिरहेको छ भने कम सातामा मात्र बढेको छ । निक्षेप बढेको सातामा पनि धेरै न्यून अंकले वृद्धि भएको देखिन्छ । यस्तो अवस्थामा ६ दिनमै करिब ४१ अर्ब रुपैयाँले निक्षेप बढ्नुलाई वित्तीय जगतमा चासोको रूपमा हेरिएको छ ।

    गत साता निक्षेप ४० अर्ब रुपैयाँभन्दा धेरैले बढे पनि कर्जा प्रवाह २ अर्ब रुपैयाँले मात्र विस्तार भएको संघले जनाएको छ । तरलता अभावको समस्या अझै समाधान नभएकाले प्राय: बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह ठप्प पारेका छन् । नयाँ कर्जा प्रवाह (अपवाद बाहेक) रोकिएको छ भने नयाँ कर्जाका लागि पनि ब्याजदर अकासिएको छ ।

    यस्तै, गत भदौ ३१ सम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ९० अर्ब रुपैयाँ छ । भदौ २४ सम्म यस्तो कर्जा ४१ खर्ब ८८ अर्ब रुपैयाँ थियो ।

    प्रकाशित मिति :आश्विन ५ २०७९ बुधवार - ११:२१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij