Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो आव २०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो आव २०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण


  • 10.4K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो आव २०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण

    नेपाल सरकारको अधिकांश स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आव २०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आव को सोहि अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैंया रहेको थियो ।

    यस अवधिमा बैंकको कुल समग्र आम्दानी रु २ अर्ब ४४ करोड, वितरण योग्य मुनाफा रु १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी रु ३ अर्ब ९१ करोड, कुल संचालन आम्दानी रु ४ अर्ब ६५ करोड तथा खुद संचालन आम्दानी रु ४ अर्ब ५० करोड, शेयरधनी कोष रु २५ अर्ब ४७ करोड, लगानी रु ७४ अर्ब ५८ करोड पुगेको छ ।

    २०७७ पौष मसान्तमा बैंकको ग्राहक निक्षेप रु २ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी रु १ खर्ब ६२ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित वृद्धि भएको छ ।

    २०७७ पुस मसान्तसम्ममा पुँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५.६१ प्रतिशत, स्प्रेड दर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिकृत प्रतिशेयर आम्दानी रु ३८.८४ रहेको छ ।

    आव २०७७/७८ को दोश्रो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकको कर्जा, निक्षेप, शेयरधनी कोष, लगायत समग्र व्यवसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सुचकाङ्कहरु परिपालना भएको तथा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

    बैंकको उपरोक्त सफलताको लागि उल्लेखनीय योगदान  पुर्याउनु हुने सम्पूर्ण निक्षेपकर्ता, ऋणि, नेपाल सरकार, शेयरधनीहरु, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंक हार्दिक धन्यवाद प्रकट गर्दछ साथै भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

    प्रकाशित मिति :माघ १६ २०७७ शुक्रवार - १६:०८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij