Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आशा लघुवित्तको ३ लाख कित्ता शेयर लिलामीमा, कस-कसले दिन पाउँछन् आवेदन ?

आशा लघुवित्तको ३ लाख कित्ता शेयर लिलामीमा, कस-कसले दिन पाउँछन् आवेदन ?


  • 1.9K
    Shares

    आशा लघुवित्तको ३ लाख कित्ता शेयर लिलामीमा, कस-कसले दिन पाउँछन् आवेदन ?

    आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असोज ४ गते) देखि ३ लाख कित्ता शेयर लिलामी मार्फत बिक्री खुला गरेको छ। 

    संस्थाले संस्थापक समूहको ३ लाख कित्ता शेयर बिक्रीमा राखेको हो। यो लिलामी शेयरमा संस्थाका संस्थापक शेयरधनी, अन्य व्यक्ति तथा विभिन्न संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

    लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

    लगानीकर्ताले न्यूनतममा १० हजार कित्तादेखि अधिकतममा ३ लाख कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन्। बोलपत्र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ। 

    बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १२ गते बैंकिङ समयसम्म तोकिएको छ। 

    प्रकाशित मिति :आश्विन ४ २०७९ मंगलवार - १२:०४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij