Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एनसीसीको ब्याजदर परिवर्तन गरी पुनः सार्वजनिक, मुद्दती खातामा कति ?

एनसीसीको ब्याजदर परिवर्तन गरी पुनः सार्वजनिक, मुद्दती खातामा कति ?


  • 2.1K
    Shares

    • images
    एनसीसीको ब्याजदर परिवर्तन गरी पुनः सार्वजनिक, मुद्दती खातामा कति ?
    images

    नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले भदौ ३१ गते सार्वजनिक गरेको नयाँ ब्याजदर परिवर्तन गरी पुनः सार्वजनिक गरेको छ ।

    बैंकले उक्त दिन सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती खाता अन्तर्गतको एनसीसी सुगम सिल्भर मुद्दती खातामा १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले आज पुनः प्रकाशन गरेको ब्याजदरमा उक्त खाताको ब्याजदर घटाएर १२.१३ प्रतिशत कायम गरेको छ ।

    साथै बैंकले बचत खाताअन्तर्गतका खाताहरुको ब्याजदर र अन्य खाताको ब्याजदरहरु भने यथावत् नै राखेको छ । जसमा बचत खाता अन्तर्गत न्यूनतम ७.१३ प्रतिशत देखि अधिकतम १०.१३ प्रतिशत ब्याजर रहेको छ ।

    साथै अब परिमार्जनपछि मुद्दती खाताअन्तर्गत न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १२.१३ प्रतिशत ब्याजदर रहेको छ ।

    3333333333.jpg

    प्रकाशित मिति :आश्विन ३ २०७९ सोमवार - १२:०९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij