Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

राष्ट्र बैंकले ११ अर्ब ८३ करोड ट्रेजरी बोलकबोल गर्ने

राष्ट्र बैंकले ११ अर्ब ८३ करोड ट्रेजरी बोलकबोल गर्ने


  • 1.9K
    Shares

    • images
    राष्ट्र बैंकले ११ अर्ब ८३ करोड ट्रेजरी बोलकबोल गर्ने
    images

    नेपाल राष्ट्र बैंकले आगामी आइतबार अर्थात् असोज २ गते ११ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमका ट्रेजरी बिक्री गर्ने भएको हो ।  बैंकको सूचनाअनुसार आइतबार दिउँसो ३ बजे बोलकबोल हुने उक्त ट्रेजरी सोमबार बिक्री हुनेछ ।

    सार्वजनिक बोलकबोलमार्फत बिक्री गरिने ट्रेजरीका लागि राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ छुट्याइएको छ । 

    कुल ट्रेजरीमध्ये ८५ प्रतिशत आपसी प्रतिस्पर्धाबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बाँडफाँड गरिनेछ । यसअघि बैंकले गत मंगलबार १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

    प्रकाशित मिति :भाद्र ३१ २०७९ शुक्रवार - १२:०६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij