२०८२ भाद्र ९ गते सोमवार
नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । जसमा बैंकको विभिन्न १३ वटा बचत खातामा ७.१३ प्रतिशत ब्याजदर, दुईवटा खातामा ७.६३ प्रतिशत, कर्पोरेट प्रिमियम सेभिङमा ८.१३ प्रतिशत, नबिल गोल्ड र कर्पोरेट सुपर सेभिङ्गमा ९.१३ प्रतिशत र नबिल प्रिमियम रेमिट्यान्स सेभिङ्गमा १०.१३ प्रतिशत ब्याजदर रहेको छ ।
यस्तै, बैंकले मुद्दती निक्षेपको ब्याज भने न्युनतम १०.१३ प्रतिशतदेखि अधिकतम १३.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
जसमा मन्थ्स एण्ड एबभ्मा १२.१३ प्रतिशत, नबिल ढुक्क मुद्दती खातामा ११.०३ प्रतिशत, नबिल रेमिट्यान्ट मुद्दतीमा १३.१३ प्रतिशत, नबिल सुपर रेक्युरिङ रेमिट्यान्ट मुद्दती र नबिल ढुक्क मुद्दती (रेमिट्यान्स)मा १२.०३ प्रतिशत र कुमुलेटिभ मुद्दती खातामा ११.०३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij