Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका : गोरखाका २७ विद्यालय छनौट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका : गोरखाका २७ विद्यालय छनौट


  • 2.8K
    Shares

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका : गोरखाका २७ विद्यालय छनौट

    गोरखा,राष्ट्रपति शैक्षिक सुधार  कार्यक्रमका लागी गोरखा जिल्ला भित्रका २७ विद्यालय छनौटमा परेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालयहरु छनौट गरेको हो । कार्यक्रम अन्र्तगत गोरखा नगरपालिकामा रहेको बालमन्दिर मावि, सरस्वती मावि, मनकामना बहिरा आवासीय मावि छनौटमा परेका छन् ।

    अजिरकोट गाउँपालिकामा रहेको आधारभूत विद्यालय र प्रभा मावि, आरुघाट गाउँपालिकामा रहेको सिद्धदेवी मावि र विष्णु आधारभूत विद्यालय, भीमसेन थापा गाउँपालिकाको शान्ति मावि, जनशक्ति आधारभूत विद्यालय र प्रभात मावि, चुमनुब्री गाउँपालिकामा रहेको बुद्ध मावि, नुब्री आधारभूत विद्यालय, धार्चे गाउँपालिकाको केरौजा मावि, मन्जुश्री मावि र मणिकाम देवी मावि छनौटमा परेका छन् ।

    उता गण्डकी गाउँपालिकामा रहेको शिव आधारभूत विद्यालय, तोमन डाँडा मावि, विजया भवानी मावि पनि कार्यक्रम अन्र्तगत छनोटमा परेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रको सार्वजनिक गरेको सूचनामा उल्लेख छ । त्यस्तै शहिद लखन गाउँपालिकाको हिमालय मावि, रामेश्वरी मावि, सिरानचोक गाउँपालिकाको नामरुक देवी आधारभूत विद्यालय, सर्वोदय आधारभूत विद्यालय, पालुङ्टार नगरपालिकाको बालकल्याण मावि, अकला मावि, ओमकार योग आयुर्वेद गुरुकुल, बारपाक सुलिकोट गाउँपालिकाको माझथर मावि अन्तरज्योति मावि पनि कार्यक्रम अन्तरगत छनौटमा परेको हो ।

    राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । सरकारले चालु आर्थिक बर्षका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । कार्यक्रम अन्र्तगत देशभरका ३ हजार ४ सय ७५ बिधालय छनौटमा परेका छन् ।

    प्रकाशित मिति :भाद्र ३१ २०७९ शुक्रवार - ०९:५०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij