Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

साविक उच्च माविका शिक्षकले गरे देशभरका विद्यालयमा पेन डाउन

साविक उच्च माविका शिक्षकले गरे देशभरका विद्यालयमा पेन डाउन


  • 2.3K
    Shares

    साविक उच्च माविका शिक्षकले गरे देशभरका विद्यालयमा पेन डाउन

    साविक उच्च माविका देशभरका शिक्षहरुले पेन डाउन गरेका छन् । शिक्षकहरुले विगत ३० वर्षदेखिको समस्या समाधान हुनुपर्ने माग राख्दै आज पेन डाउन गरेका हुन ।

    भदौ ३० गते ( साविक उच्च मावि तहका शिक्षकहरुले पेनडाउन कलम बन्द गर्ने ), सो दिन शिक्षक विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्ने लगायतका आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

    माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले १६ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनका कार्यक्रम अनुसार आज देशभर साविक उच्च माविका शिक्षकहरुले पेन डाउन गरेका छन् ।

    साविक उच्च माविमा आंशिक, अनुदान र अस्थायी दरबन्दीका गरी तीन प्रकारका शिक्षक कार्यरत रहेपनि विगत ३० वर्षदेखी स्थायी दरबन्दीको शिक्षकको व्यावस्था नगरे कै कारण उनीहरु आन्दोलन गर्दै आएका छन् ।

    बन्दै गरेको नयाँ शिक्षा ऐनमा साविक उच्च मावि शिक्षकहरुको माग समावेश गरिनुपर्ने माग राख्दै उनीहरु केही दिनदेखि आन्दोलित छन् ।

    प्रकाशित मिति :भाद्र ३० २०७९ बिहिवार - १३:४०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij