Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

असोजमा वाणिज्य बैंकको ब्याजदर बढ्ने, निक्षेपमा राख्दा कति पाइन्छ ब्याज?

असोजमा वाणिज्य बैंकको ब्याजदर बढ्ने, निक्षेपमा राख्दा कति पाइन्छ ब्याज?


  • 2.4K
    Shares

    असोजमा वाणिज्य बैंकको ब्याजदर बढ्ने, निक्षेपमा राख्दा कति पाइन्छ ब्याज?

    असोज महिनामा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने भएका छन्। विगत ६ महिनायता निक्षेपको ब्याजदर यथावत राखेका वाणिज्य बैंकहरुले असोज महिनामा भने बढाउने निर्णय गरेका हुन्। 

    वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गत फागुन महिनादेखि ब्याजदरमा गरेको भद्र सहमति तोड्दै असोज महिनामा व्यक्तिगत मुद्धतिको ब्याजदर १२.०३ प्रतिशत कायम निर्णय गरेको हो। यसैगरी, संस्थागत मुद्धतितर्फको ब्याजदर पनि १०.०३ प्रतिसतसम्म पुग्ने नेपाल बैंकर संघले जानकारी दिएको छ। 

    नेपाल बैंकर संघका कार्यकारी अधिकृत (सिइओ) अनिल शर्माका अनुसार वाणिज्य बैंकहरुले गत भदौको तुलनामा असोज महिनामा मुद्धति निक्षेपको औसत ब्याजदर (११.०३) प्रतिशतको १० प्रतिशतले बढाएर १२.०३ प्रतिशतसम्म पुर्‍याउने सकिने निर्णय भएको छ। 

    वाणिज्य बैंकहरुले गत माघको तुलनामा फागुन महिनामा मुद्धति निक्षेपको औसत ब्याजदर (१०.०३ प्रतिशत) १० प्रतिशतले बढाएर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए।

    वाणिज्य बैंकले चैत, वैशाख, जेठ, असार, साउन र भदौ महिनामा सोही दरमै आफ्ना निक्षेपकर्तालाई ब्याज दिएका थिए। अब असोज महिनामा भने १२.०३ प्रतिशत ब्याजदर दिने सहमति गरिएको शर्माले जानकारी दिए। 

    यसैगरी, असोजमा रेमिट्यान्स मुद्धति निक्षेपमा १३.०३ प्रतिशतसम्म ब्याजदर बैंकहरुले दिन सक्नेछन्। यद्यपि, बैंकर संघले बैंकको ब्याजदर बढाउन सकिने निर्णय गरे पनि बैंकहरुले आफ्नो इच्छा अनुसार ब्याजदर बढाउने वा नबढाउने निर्णय गर्न पाउने बैंकर संघका सिईओ शर्मा बताउँछन्।

    प्रकाशित मिति :भाद्र ३० २०७९ बिहिवार - १२:००:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij