Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

ओलीलाई तपाई भन्न नि मन लाग्दैन भन्दै माधवले सुनाए ओलीका यस्ता जाली कुरा 

ओलीलाई तपाई भन्न नि मन लाग्दैन भन्दै माधवले सुनाए ओलीका यस्ता जाली कुरा 


  • 6.2K
    Shares

    ओलीलाई तपाई भन्न नि मन लाग्दैन भन्दै माधवले सुनाए ओलीका यस्ता जाली कुरा 
    images

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई तपाई भनेर सम्मान गर्न पनि मन लाग्न छाडेको बताएका छन् ।

    विहीवार प्रचण्ड-माधव पक्षले बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेपालले भने, ‘हुन त केपी ओलीलाई के तपाईं भन्नुजस्तो लाग्छ । राम्रो काम गरे पो सम्मान गर्नु रु केपी ओली सम्मानका लागि योग्य छैनन् ।’

    अरुलाई अपमानित गर्ने,होच्याउने र व्यंग गर्ने बाहेक ओलीले केही नजानेको नेपालले टिप्पणी गरे । नेपालले आफूलाई पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेर केन्द्रीय कमिटीको दुई तिहाई बहुमतले अध्यक्ष बनाएकाले आफूनै आधिकारिक अध्यक्ष बताए ।

    उनले भने, ‘केपी ओलीले मसँग हारेको माधव नेपाललाई अध्यक्ष चाहियो भनेछन् । नवौं महाधिवेशनमा म १५/२० भोटले हारे पनि जालझेल गरेर ओलीले जितेका हुन् । खासमा उनले जितेकै होइनन्,जाली तरिका अपनाएका हुन् । तैपनि मैले मान्देको हो ।’

    भाषणको सबै समय अ‍ोलीलाई गाली गर्न खर्चेका नेपालले गणतन्त्रको विरोध गरेपनि २०६३ सालको जनक्रान्तिपछि आफूले उपप्रधानमन्त्री बनाइदिएको बताए ।

    प्रकाशित मिति :माघ १५ २०७७ बिहिवार - १७:०४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij