Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

६ सय ४० नयाँ व्यवसायिक प्रतिष्ठानले पाए नापतौल इजाजतपत्र

६ सय ४० नयाँ व्यवसायिक प्रतिष्ठानले पाए नापतौल इजाजतपत्र


  • 1.8K
    Shares

    ६ सय ४० नयाँ व्यवसायिक प्रतिष्ठानले पाए नापतौल इजाजतपत्र

    काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८/७९ मा छ सय ४० नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजाजतपत्र प्रदान गरेको छ । 

    कार्यालयका अनुसार गत आवको साउनदेखि असार मसान्तसम्ममा कोसी र सगरमाथा कार्यालयअन्तर्गत व्यवसायिक फर्मलाई सो इजाजतपत्र वितरण गरिएको हो । 

    कार्यालय प्रमुख मनोजकुमार पोख्रेलद्वारा उपलब्ध विवरणमा कोसी र सगरमाथाअन्तर्गत तीन हजार तीन सय १९ व्यवसायिक तथा औद्योगिक प्रतिष्ठान सो कार्यालयबाट हालसम्म नापतौलसम्बन्धी इजाजतपत्र लिइ सञ्चालनमा छन् । 

    सोअवधिमा कार्यालबाट सात सय ३९ थान पम्पको नोजल जाँच गरेको र दुई सय ३९ ट्यांकरको क्यालिव्रेशन जाँच गरेको बताइएको छ । उपरोक्त कारोबारबाट सो अवधिमा रु एक करोड २० लाख ४६ हजार आठ सय ८१ राजश्व संकलन गरेको छ भने कार्यालयबाट एकल अनुगमन २२ पटक तथा संयुक्त अनुगमन २१ पटक भएको कार्यालयले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र २६ २०७९ आइतवार - १४:१३:४७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij