२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आर्थिक वर्ष २०७७र७८ को दोस्रो त्रैमासमा एनएमबि बैंकको खूद मुनाफा एक अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजनपश्चात् सेयरधनीका लागि वितरणयोग्य नाफा एक अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।
यस अवधिसम्म बैंकको कुल निक्षेप एक खर्ब ४९ अर्ब र कुल कर्जा सापट एक खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । बैंकले ६ महिनाभित्रमा निक्षेपमा १४ अर्ब ६१ करोड र कर्जा तथा सापटमा २१ अर्ब ८८ करोड वृद्घि गरेको छ ।
वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सामा बैंक निक्षेपतर्फ ३.८६ बाट वृद्धि भई ३.९५ प्रतिशत र कर्जातर्फ ४.१९ प्रतिशतबाट वृद्धि भई ४.४३ प्रतिशत पुगेको छ । त्यसैगरी, निक्षेपमा भएको वृद्धिमा बचत निक्षेपको हिस्सा ६५ प्रतिशत छ ।
कर्जा तथा सापट वृद्धि हुनुमा मुख्यतः कृषि, ऊर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको बैंकले जनाएको छ । बैंकले पुस मसान्तसम्ममा कुल तीन हजार २३७ जना ग्राहकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ ।
पुस मसान्तसम्ममा बैंकको पुँजी कोष अनुपात १३.६८ प्रतिशत रहेको छ भने निष्कृय कर्जाको अनुपात २.३८ प्रतिशत रहेको छ ।बैंक पछिल्लो चार वर्षमा तीनपटक ‘बैंक अफ दि इयर’बाट सम्मानित भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij