Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मलेसियामा तेलीको मृत्युदण्डको सजाय परिवर्तन

मलेसियामा तेलीको मृत्युदण्डको सजाय परिवर्तन


  • 2.1K
    Shares

    मलेसियामा तेलीको मृत्युदण्डको सजाय परिवर्तन

    काठमाडौं : मलेसियाको उच्च अदालतले वैदेशिक रोजगारीमा मलेसिया पुगेका धनुषाका सुरजदेव साह तेलीको मृत्युदण्ड सजाय परिवर्तन गरेकोे छ । कर्तव्य ज्यान अभियोगमा सन् २०१६ डिसेम्बरमा पक्राउ परेका तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी मलेसियाको पुत्राजयस्थित उच्च अदालतले १२ वर्षको जेल सजाय कायम गरेको हो । 

    मलेसियास्थित नेपाली दूतावासले बिहीबार तेलीको सजाय परिवर्तन भएको जनाएको छ । मलेसियन फौजदारी संहिताको दफा (३०२) बाट दफा (३०४) क मा परिवर्तन गरी उनको सजाय परिवर्तन भएको दूतावासको भनाइ छ । 

    परिवर्तन भएको सजाय अनुसार तेली सन् २०२८ सम्म कैदमा बस्नुपर्ने छ । तेलीलाई मलेसियास्थित इपो उच्च अदालतले सन् २०२० अगष्टमा त्यहाँको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो । उनीमाथि मलेसियन नागरिकको हत्याको अभियोग छ । 

    तेली धनुषा गोविन्दपुर २ का स्थायी बासिन्दा हुन् । मलेसियामा रोजगारी गरिरहेका तेली सन् २०१६ मा कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका थिए । उनले आफू हत्यामा संलग्न नभएको तर शव व्यवस्थापनमा सहभागी रहेको बताउँदै आएका छन् ।

    प्रकाशित मिति :भाद्र २४ २०७९ शुक्रवार - १२:२१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij