Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

निर्माण भएको नौ वर्षसम्म सञ्चालनमा आएन प्याराभिट्टा बसपार्क

निर्माण भएको नौ वर्षसम्म सञ्चालनमा आएन प्याराभिट्टा बसपार्क


  • 1.6K
    Shares

    निर्माण भएको नौ वर्षसम्म सञ्चालनमा आएन प्याराभिट्टा बसपार्क

    अर्थमन्त्री जनार्दन शर्मा र एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ ।  नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा बिहीबार साँझ उनीहरुबीच छलफल भएको हो ।  

    सो अवसरमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए ।  उनले भने, “निजी क्षेत्र नेपालको आर्थिक उन्नतीको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।” 

    नेपाल सन् २०२६ सम्ममा अधिकतम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने मन्त्री शर्माको भनाइ थियो । उनले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपि रहेकाले नेपालमा हरित अमोनिया, हाइड्रोजनजस्ता वैकल्पिक ऊर्जा उद्योगमा सहयोग गर्न उपाध्यक्ष लाभाषासँग अनुरोध पनि गरे ।

    नेपालको ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्रलगायतमा लगानी आवश्यक भएकाले एसियाली विकास बैंकको सहयोग अझै वृद्धि गर्न पनि मन्त्री शर्माले अनुरोध गरे।  कोभिड–१९ महामारीको बेला एसियाली विकास बैंकले गरेको सहुलियतपूर्ण ऋण र अनुदान सहयोगका लागि उनले धन्यवाद दिए ।

    सो अवसरमा उपाध्यक्ष लाभाषाले एसियाली विकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैँ हातेमालो गर्ने बताए ।  अर्थमन्त्री शर्माले दिएको मार्गदर्शनअनुसार आफू नेपाल सरकार र निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । 

    प्रकाशित मिति :भाद्र २४ २०७९ शुक्रवार - ०९:४७:२५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij