Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रधानसेनापतिद्वारा ढकाल र खड्कालाई उपरथीको दर्ज्यानी चिह्‍न प्रदान

प्रधानसेनापतिद्वारा ढकाल र खड्कालाई उपरथीको दर्ज्यानी चिह्‍न प्रदान


  • 7.4K
    Shares

    प्रधानसेनापतिद्वारा ढकाल र खड्कालाई उपरथीको दर्ज्यानी चिह्‍न प्रदान

    काठमाडौं । नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  

    मंसिर ३ गते बसेको मन्‍त्रिपरिषद्‌ बैठकले सहायक रथीद्वय ढकाल र खड्कालाई उपरथीमा पदोन्‍नति गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आज प्रधानसेनापति थापाले दर्ज्यानी चिह्‍न प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै जनाएको छ । 

    दर्ज्यानी चिह्‍न प्रदानसँगै उपरथी ढकाललाई पूर्वी पृतना हेडक्‍वाटरको पृतनापति तथा अर्का उपरथी खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ । 

    सेनाका रथी तथा अधिकृतहरुको उपस्थिति यो कार्यक्रममा सहायक रथी दर्जामा पदोन्‍नति भएका चारजना महा(सेनानीहरुलाई पनि दर्ज्यानी चिह्‍न प्रदान गरिएको थियो ।

    प्रकाशित मिति :मंसिर ५ २०७७ शुक्रवार - १३:०८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij