Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सम्मानजनक ढंगले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : उपेन्द्र यादव

सम्मानजनक ढंगले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : उपेन्द्र यादव


  • 2.1K
    Shares

    सम्मानजनक ढंगले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : उपेन्द्र यादव

    जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन् । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको आज वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबीच गठबन्धनको कुनै औचित्य नरहने बताए ।

    उनले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्ष नेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिए । सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने अध्यक्ष यादवले बताए । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सिट बाँडफाँटको विषय चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री तथा मधेस विश्वविद्यालयका कुलपति लालबाबु राउत गद्दी, नेपाल सरकारका वनमन्त्री प्रदीप यादव, विश्वविद्यालयका सहकुलपति तथा प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह, मधेस विश्वविद्यालयका उपकुलपति प्राडा.दीपक शाक्य, विभिन्न विश्वविद्यालयका उपकुलपति, समाजसेवी तथा राजनीतिक दलका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । 

     

    प्रकाशित मिति :भाद्र २३ २०७९ बिहिवार - १६:००:२८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij