२०८२ भाद्र २४ गते मंगलवार
चलचित्र प्रेम गीत -३ अष्ट्रेलियाको सुबिधा सम्पन्न सिनेमा हलहरूमा नियमित प्रदर्शनमा आउने भएको छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा अष्ट्रेलियाभरि प्रदर्शनमा आउने छ । अष्ट्रेलियामा प्रदर्शन अधिकार लिएका देव कार्कीले फिल्मलाई नियमित रुपमा हलमा चलाउने तयारी भइरहेको जानकारी गराएका छन् । ‘ हामी यो चलचित्रलाई नेपाल, भारत र अन्य देशहरूसंगै एक साथ अष्ट्रेलियाका हरेक सहरमा नियमित रूपमा प्रदर्शन गर्दै छौं । जसरी यहाँ हलिउड र बलिउडका चलचित्रहरूले हलमा नियमित स्क्रीन पाउंछन ।
अब प्रेम गीत -३ ले पनि त्यही उपस्थिति जनाउने छ-‘ यो चलचित्रको अष्ट्रेलियाको लागि नेपाली र हिन्दी भाषाको प्रदर्शन अधिकार किनेका नमस्ते इन्टरटेनमेन्ट एण्ड नमस्ते फिल्मस्का सिड्नी निवासी देव कार्कीले जानकारी दिए । सेप्टेम्बर २३ का दिन चलचित्र 'प्रेम गीत -३' अष्ट्रेलियामा नियमित स्क्रीन पाउने भएपछि यहाँ रहेका नेपाली चलचित्र प्रेमी दर्शकहरूमा नौलो उत्साह थपिएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij