२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं ।प्रतिनिधिसभा विघनविरुद्ध परेका रिटबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता गोविन्द बन्दीले रक्षकबाट नै संविधानको पालना नभएको बताएका छन्।
बहसमा बिहीबार भाग लिँदै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिस सदर गरेर असंवैधानिक काम गरेको बताए।
उनले भने, ‘राष्ट्रपतिले चियाको कप पनि सेलाउन नपाउँदै ससद् विघटनको सिफारिस जारी गर्न मिल्छ श्रीमान् रु हाम्रो संविधान यति कमजोर त छैन। उहाँ त संविधानको सरक्षक र पालक पनि हो नि। उहाँको दायित्व होइन श्रीमान् सिफारिस हुनेबितिक्कै जारी गर्दिने। त्यसैले राष्ट्रपतिले विघटन गरेको यो संसद् विघटन गैरसंवैधानिक छ।’
प्रतिनिधिसभामा विश्वास प्राप्त प्रधानमन्त्रीले कुनै पनि हालतमा संसद् विघटन गर्न नमिल्ने जिकिर उनले गरे। ‘कार्यकाल बाँकी रहँदै संसद् विघटन गर्न र चुनावको मिति तोक्न मिल्दैन। अहिले निर्वाचन गर्ने क्षमता छ कि छैन, त्यो मुलुकको हितमा छ कि छैन, त्यो पनि हेर्नुपर्छ श्रीमान्। यदि निर्वाचन भएमा त्यसले आर्थिक भार थप्छ। जनतालाई दुःख दिने काममात्रै हुन्छ।’
ट्र्याकभन्दा बाहिर गएको राजनीतिलाई ट्र्याकमा ल्याउने दायित्व इजलासको भएको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij