Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

एक हजार दरका ४३ करोड नोट छाप्दै राष्ट्र बैंक

एक हजार दरका ४३ करोड नोट छाप्दै राष्ट्र बैंक


  • 2.3K
    Shares

    एक हजार दरका ४३ करोड नोट छाप्दै राष्ट्र बैंक

    राष्ट्र बैंकले एक हजार दरका ४३ करोड नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।  आगामी सेप्टेम्बर२५ मा प्रि-बिडिङ हुने भन्दै राष्ट्र बैंकले २१ अक्टोबरसम्म बोलपत्र पेस गर्नुपर्ने समय तोकेको छ।

    हाल छापिन लागेको एक हजारका ४३ करोड नोटले करिब सवा तीन वर्षको माग धान्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती प्रसाद नेपालले जानकारी दिए।

    यसपटकको बोलपत्रको लागि भारत, बेलायत, रुससहितका विभिन्न दश मुलुकका कम्पनीहरूले इच्छा जनाएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

    यसअघि राष्ट्र बैंकले चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाको सहायक कम्पनी चिनियाँ बैंक नोट प्रिन्टिङ एन्ट मेन्टिङ कम्पनीबाट हजारका नोट छापेको थियो। 

    सो समय डलरसँगको विनिमय दर करिब एक सय आठ रूपैयाँ रहँदा प्रतिनोट छपाइको लागत तीन रूपैयाँ ३७ पैसा थियो। हाल भने विनिमय दर एक सय २८ रूपैयाँसम्म पुगेकोले लागत केही बढ्न सक्ने अनुमान गरिएको छ।

    प्रकाशित मिति :भाद्र २२ २०७९ बुधवार - १४:४६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij