२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा बहसका क्रममा गायिका अन्जु पन्तको गीतको चर्चा चलेको छ ।
बिहीवारको बहसमा अधिवक्ता गोपालकृष्ण घिमिरेले गायिका पन्तको गीत सम्झिँदै अहिलेको संविधान ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ भएको तर्क गरे ।
‘२र२ वटा संविधान सभाले यथेष्ट छलफल गरेर बनाएको संविधान अहिले न बिर्सें तिमीलाई न पाएँ तिमीलाई जस्तो भएको छ,’ उनले भने, ‘त्यसैले हामी संविधानको रक्षार्थ उभिएका छौं ।’
बहसका क्रममा न्यायाधीश सपना मल्ल प्रधानले घिमिरेको ‘बहस नोट’ मागेकी थिइन् । घिमिरेले प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij