Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

ओलीलाई गाडी बाटै थुतेर घिसार्ने सम्मको गर्ने प्रचण्ड-माधवको तयारी, २८ गते ओलीका लागी हुँदैछ भारी 

ओलीलाई गाडी बाटै थुतेर घिसार्ने सम्मको गर्ने प्रचण्ड-माधवको तयारी, २८ गते ओलीका लागी हुँदैछ भारी 


  • 13.4K
    Shares

    ओलीलाई गाडी बाटै थुतेर घिसार्ने सम्मको गर्ने प्रचण्ड-माधवको तयारी, २८ गते ओलीका लागी हुँदैछ भारी 
    images

    काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने भएको छ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले माघ २८ गतेको विरोध प्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिए।

    अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समेत सहभागी रहेको बैठकले २८ गतेको प्रदर्शनलाई यसअघि भएका प्रदर्शनभन्दा बृहत बनाउने निर्णय गरेको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले सडक संघर्ष सुरु गरेको छ।

    यसअघि प्रतिनिधि सभा  विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध माघ ९ गते नेकपाले काठमाडौँ उपत्यकामा विशाल विरोध सभा गरेको थियो।

    आजको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्‍याउनेमा जोड दिएको नेता रिजालले बताए। 

    बैठकमा अध्यक्षद्वयले संविधान भत्काएर ओलीले चाल्ने जुनसुकै तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्नका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका थिए।

    त्यस्तै अध्ययक्षद्वयले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पस्ट पारेका थिए।

    प्रकाशित मिति :माघ १५ २०७७ बिहिवार - १२:३३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij