२०८२ माघ ८ गते बिहिवार
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले मर्जरको स्वीकृति पाएको छ। राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति दिएको हो।
गत महिना दुवै संस्थाबीच सम्झौता भएको थियो। प्राप्तिपछि नाम प्रभु बैंक नै हुनेछ। सहमतिअनुसार सञ्चालकमा ४ जना प्रभु बैंकबाट हुनेछन् भने तीन जना सेञ्चुरी बैंकबाट हुनेछन्।
प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकबाट अशोक शेरचनले निरन्तरता पाउनेछन् भने बैंकको स्वाप रेसियो १ अनुपात १ रहनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij