Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विराटनगरका अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

विराटनगरका अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु


  • 13.5K
    Shares

    विराटनगरका अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरका अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ ।

    मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पताल दुई र विराटनगरको नोबेल शिक्षण अस्पतालमा एकजनाको मृत्यु भएको हो ।

    भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा बिहान ६ः५० बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

    पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार कोरोना पुष्टि भएको हो ।

    सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको बिहान ५ः५० बजेतिर मृत्यु भएको छ । वृद्धमा २७ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

    कोरोना पुष्टि भएपछि उपचारका लागि विराटको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारकै क्रममा ज्यान गएको हो । अस्पतालका अनुसार मृतकमा मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो ।

    झापाको गौरादह नगरपालिका–८ का ६३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा बिहान ७ः३० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो । 

    प्रकाशित मिति :मंसिर ५ २०७७ शुक्रवार - १२:५९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij