Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

महँगी र डेँङ्गु नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण

महँगी र डेँङ्गु नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण


  • 2.9K
    Shares

    महँगी र डेँङ्गु नियन्त्रणका लागि सांसदको ध्यानाकर्षण

    काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ ।

    सांसदहरुले मुलुककका ७२ जिल्लामा डेँङ्गुको सङ्क्रमण देखिएको तर सरकार गम्भीर नभएकामा चिन्ता व्यक्त गर्दै आवश्यक पहलका लागि माग गरेकी हुन् । सांसद मीनाकुमारी श्रेष्ठले डेँङ्गुको रोकथाम र नियन्त्रणका लागि पहल गर्न आग्रह गरिन् ।

    बैठकमा सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्णालीका सबै जिल्लाका लागि सेटेलाइटका माध्यमबाट उपचार गराउन माग गरे । सांसद शेरबहादुर तामाङले गत वर्षको मेलम्चीमा आएको बाढीबाट प्रभावितलाई अझै उचित राहत नदिइएकामा चिन्ता व्यक्त गरे ।

    बैठकमा सांसद बिमला विश्वकर्माले महँगी नियन्त्रण गर्न माग गरे । सांसद डा. विन्दा पाण्डेले विश्वविद्यालयहरुको समस्याका विषयमा कार्यसूचीमा राखेर छलफल गर्न र सांसद लक्ष्मीकुमारी चौधरीले छाडा चौपायको व्यवस्थापन गर्न माग गरे ।

    प्रकाशित मिति :भाद्र १९ २०७९ आइतवार - १५:३२:४२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij