Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

वालिङ–जगत सडकखण्ड अवरुद्ध

वालिङ–जगत सडकखण्ड अवरुद्ध


  • 1.6K
    Shares

    वालिङ–जगत सडकखण्ड अवरुद्ध

    स्याङ्जाको वालिङ–जगत सडकखण्ड आज विहानदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ–५ लसुनेमा पहिरो खसेको थियो । 

    सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ–५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिए । अविरल वर्षासँगै ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुई–तीन पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएसँगै सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन् । 

    सडक खुलाउनका लागि वालिङ नगरपालिकाबाट डोजर आउँदै गरेको उहाँले बताए । प्रहरी तथा जनप्रतिनिधि पहिरो खसेको स्थानमै पुगेर बाटो खुलाउनका लागि पहल तथा सवारीसाधनको व्यवस्थापन मिलाउने काम गरेका छन् । सवारीसाधनको चाप बढी हुने यस सडकमा तत्कालका लागि एकतर्फी भए पनि बाटो सञ्चालन गर्नतर्फ लागिएको उहाँले बताए ।

    प्रकाशित मिति :भाद्र १९ २०७९ आइतवार - ११:१२:०१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij