Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

४२ केजी चिठ्ठीपत्र थन्कियो

४२ केजी चिठ्ठीपत्र थन्कियो


  • 7.2K
    Shares

    ४२ केजी चिठ्ठीपत्र थन्कियो

    जिल्ला हुलाक कार्यालयमा महिनौँदेखिका चिठ्ठीपत्र थन्किएका छन् । कार्यालय प्रमुख सीता दुवाडीले नेपाल वायुसेवा निगमले  फाप्लु विमानस्थलमा  उडान नभर्दा ४२ केजी चिठ्ठीपत्र कार्यालयमा नै थन्किएको  जानकारी दिनुभयो । 

    हप्ताको दुई दिन आइतबार र मङ्गलबार काठमाडौँ–फाप्लुका उडान भर्दै आएको निगमले गत असोज १३ गतेदेखि उडान भर्न सकेको छैन । गत चैत ११ गतेपछि निगमले सो दिन पहिलो पटक उडान भरेको थियो ।  

    निजी हवाई कम्पनीका विमानले भने धमाधम उडान भरिरहेका छन् । समिट एयर फाप्लुका प्रमुख मिङ्मार शेर्पाका अनुसार उडान शुरु भएदेखिनै फाप्लु–काठमाडौँ यात्रुको चाप पनि उच्च रहेको छ । 

    अहिले काठमाडौँ–फाप्लुका लागि सो एयरले आइतबार र बिहीबार तथा तारा एयरले सोमबार र बुधबार नियमित उडान भरिरहेका छन् ।   निगमका महाप्रबन्धक प्रकाश पौडेलले कर्मचारी अभावले निगमले उडान भर्न नसकेको जानकारी दिनुभयो ।  

    कर्मचारीको अभावले निगमका दुई जहाजले पूर्वका ताप्लेजुङ, भोजपुर, खानीडाँडा र थामखर्क विमानस्थल खोटाङबाहेक उडान भर्न नसकेको जनाइएको छ ।  प्रविधिको विकाससँगै हुलाकमार्फत पछिल्लो समय निजीभन्दा पनि सरकारी पत्र बढी आदान प्रदान हुने गरेको छ । रासस

    प्रकाशित मिति :मंसिर ५ २०७७ शुक्रवार - १२:५४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij