२०८२ माघ ७ गते बुधवार
काठमाडौं– आज बिहानैदेखि विभिन्न शिवालयमा भक्तजनको घुइँचो लागेको छ। काठमाडौंको साँखुस्थित शालीनदीमा स्वस्थानी माताको दर्शन गर्नेको भीड लग्न थालेको छ।
बिहानैदेखि विभिन्न स्थानबाट सन्तोषी माताको दर्शन गर्न भक्तालुहरु शालीनदीमा आइपुगेका छन्। शालीनदीको कुण्डमा नुहाइ धुवाइ गरी सन्तोषी माताको दर्शन गर्दा मनले चिताएको पूरा हुने विश्वासले भक्तालुहरु शालीनदी आइपुगेका हुन्।
यो मेला प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने गर्छ। मेला अवधिभर हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। व्रत बस्नेले महिनाभरि प्रत्येकदिन नुहाइ श्रीस्वस्थानीको पूजा कथा श्रवण गरेमा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।
पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसी महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij