Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

पहिरोले गर्दा राप्ती लोकमार्ग अवरुद्ध

पहिरोले गर्दा राप्ती लोकमार्ग अवरुद्ध


  • 1.6K
    Shares

    पहिरोले गर्दा राप्ती लोकमार्ग अवरुद्ध

    सल्यान/ अविरल वर्षापछि आएको पहिरोले दुई गाडीमा क्षति गरेको छ । राप्तीलोकमार्ग अन्तरगत दाङ सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका ३ बसारे नजिकै आएको पहिराले दुई गाडीमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    पहिरोले त्रिवेणी गाउँपालिकाको रा १ ज १६२ न एम्बुलेन्स र ना १ ख ८७८६ न. को टिप्परमा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नायव उपरिक्षक गोविन्द थापाले मंगलबार गएको पहिरो देखि करिब ५ सय मिटर पर आएको अर्को पहिरोले गाडीमा क्षति पुर्‍याएको बताए

    उनका अनुसार सडक अवरुद्ध हुँदा बाटोमा रोकि राखेको अवस्थामा सडक माथिबाट ठूलो पहिरो आउँदा टिप्पर आधा पुरिएको छ भने एम्बुलेन्सको सिसा फुटेको छ । निरन्तर पानी परि रहदा सडक खुलाउन समस्या भएको छ । मेसिन लगाएर सडक खुलाउने प्रयास भइरहे पनि पहिरो झरी रहेकाले समस्या भएको छ ।

    प्रकाशित मिति :भाद्र १३ २०७९ सोमवार - ०९:३८:५६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij