Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

विराटनगरबाट तेल बोकेर काठमाडौं आउँदै गरेको ट्रक त्रिशूली किनारमा खस्दा आगलागी

विराटनगरबाट तेल बोकेर काठमाडौं आउँदै गरेको ट्रक त्रिशूली किनारमा खस्दा आगलागी


  • 2.0K
    Shares

    विराटनगरबाट तेल बोकेर काठमाडौं आउँदै गरेको ट्रक त्रिशूली किनारमा खस्दा आगलागी

    विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ जरे खेतमा दुर्घटना भएको छ।सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो।

    इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए।

    ‘प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो,’ उनले भने।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :भाद्र १२ २०७९ आइतवार - १०:३१:२८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij