Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सासूलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

सासूलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ


  • 1.9K
    Shares

    सासूलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

    अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन ।

    सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए । सार्वजनिक भएको भिडियोमा उनीहरुले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ । स्थानीयवासीका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्न सक्दिनन् । उनका श्रीमान समेत शारिरिक अपाङ्गता भएका व्यक्ति हुन् ।

    प्रकाशित मिति :भाद्र ९ २०७९ बिहिवार - ११:२३:४५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij