२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कुमारी बैंक लिमिटेड र सुनचाँदि, हिरा लगायत अन्य बहुमुल्य रत्नहरुको हस्तनिर्मित गरगहनाहरुका लागी परिचित
गहना घर अश्री ज्वेलर्स प्राइभेट लिमिटेडका बीच छुट सम्बन्धी सम्झौता भएको छ ।
उक्त सहकार्य पश्चात कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरुलाई अश्री ज्वेलर्सका डाईमन्डका गहनाको खरिदमा
१५% सम्मको आकर्षक छुटको प्रावधान भएको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख
श्री प्रविन झा ज्यू र अश्री ज्वेलर्सका निर्देशक श्री रवि कृष्ण श्रेष्ठ ज्यूले हस्ताक्षर गर्नुभयो ।
कुमारी बैंकलेआफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५६ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन
काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदैआएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका
निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij