Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

वामदेवको अभियानमा घुस्याहा देखि स्त्री लम्पटसम्म, के को बार्गेनिङ्ग गर्दैछन गौतम ?

वामदेवको अभियानमा घुस्याहा देखि स्त्री लम्पटसम्म, के को बार्गेनिङ्ग गर्दैछन गौतम ?


  • 6.6K
    Shares

    वामदेवको अभियानमा घुस्याहा देखि स्त्री लम्पटसम्म, के को बार्गेनिङ्ग गर्दैछन गौतम ?
    images

    काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम सुरु भएको छ। तर निर्वाचन आयोगले भने गौतम नेकपाको उपाध्यक्ष नभएको क्लियर गरेको छ। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भए पनि गौतम कुनै समूहमा नलागी आफ्नै नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गर्न लागेका हुन्।

    बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रमका साथ एकता अभियानको घोषणा कार्यक्रम सुरु गरिएको हो।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरि पराजुली, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, पूर्व सांसद माया ज्ञवाली, बागमी प्रदेशका प्रदेशसभा सदस्य विनोद खड्का सहभागी छन्। हरि पराजुली कृषी मंत्री हुँदा महिलाको छातीमा टासिएर बिबादित बनेका थिए। 

    त्यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्राडा। हीराबहादुर महर्जन र केही समय अगाडि वामदेवको नाम लिएर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै घुस लिएर पक्राउ परेका डीबी कार्कीसम्म सहभागी रहेका छन्। कार्की घुस प्रकरणमा  केही समय जेलसमेत बसेका व्यक्ति हुन्। उनी संविधान सभा सदस्य समेत हुन्।

    कार्यक्रममा सहभागीलाई पार्टी एकता राष्ट्रिय अभियान अवधारणापत्र हस्तान्तरण गरिएको छ। कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रण गरिएको एक सहभागीले जानकारी दिए। कार्यक्रम सुरु भएको केही समयसम्म दुवै अध्यक्ष पुगेका छैनन्।

    उपाध्यक्ष गौतमले आफू पार्टी विभाजनको विपक्षमा रहेको बताउँदै नेकपालाई फेरि एकजुट बनाउनका लागि पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेको बताउँदै आएका छन्।

    प्रकाशित मिति :माघ १४ २०७७ बुधवार - १३:२९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij