Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु


  • 1.5K
    Shares

    छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

    कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

    प्रनाउ जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र०१०११प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    प्रकाशित मिति :भाद्र ७ २०७९ मंगलवार - १०:२६:०२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij