Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

‘हामी यहाँ छौँ’ भन्दै प्रचण्ड-माधवका सांसदले माइतीघरमा आज देखि कसे पलेटी

‘हामी यहाँ छौँ’ भन्दै प्रचण्ड-माधवका सांसदले माइतीघरमा आज देखि कसे पलेटी


  • 9.8K
    Shares

    ‘हामी यहाँ छौँ’ भन्दै प्रचण्ड-माधवका सांसदले माइतीघरमा आज देखि कसे पलेटी
    images

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेकपा (बहुमत)ले बुधबार मध्यान्हदेखि माइतीघरमा धर्ना शुरु गरेको छ । आज मध्यान्ह १२ बजेदेखि शुरु धर्ना कार्यक्रम माघ २१ गतेसम्म हरेक दिन सोही समयमा हुने नेकपाले जनाएको छ ।

    संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको जिकीर गर्दै आएको नेकपाले संसद जीवित छ भन्ने सन्देश दिने उद्देश्यले धर्नाको आयोजना गरेको संघीय संसदका एक जना सांसदले जानकारी दिए । धर्नामा नेकपानिकट प्रतिनिधिसभा सांसद,संविधानसभा सदस्य तथा प्रदेश सभाका सदस्यहरुको सहभागिता रहनेछ ।

    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई संविधानमाथिको ‘कू’ भन्दै आन्दोलनमा उत्रिएको नेकपाका संघीय सांसदहरुले यसअघि माइतीघर मण्डलामा ‘हामी यहाँ छौँ’ भन्दै संसद जीवित रहेको दाबी गरेका थिए ।

    प्रकाशित मिति :माघ १४ २०७७ बुधवार - १३:०३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij