Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

बामदेवको 'नेकपा एकता राष्ट्रिय अभियान घोषणा'

बामदेवको 'नेकपा एकता राष्ट्रिय अभियान घोषणा'


  • 8.3K
    Shares

    बामदेवको 'नेकपा एकता राष्ट्रिय अभियान घोषणा'
    images

    काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम सुरु भएको छ ।

    ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी अभियानको घोषणा कार्यक्रम सुरु गरिएको हो । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त भएका बेला गौतमले पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेका हुन् । 

    गौतम संयोजक रहेको अभियान ६ सय ५१ सदस्यीय तथा कार्य सम्पादन समिती १ सय ७५ सदस्यीय छ । समितिमा नेकपाका केस हरि पराजुली, गौतम पत्नी सांसद तुलसा थापा, माया ज्ञवाली, त्रिविविका पुर्व उपकुलपति हिरालाल महर्जनलगायत छन् ।

    साथै दैनिक कामका लागि आवश्यक सचिवालय समेत निर्माण हुने अवधारणापत्रमा जनाइएको छ । प्रत्येक प्रदेशमा पनि समन्वय समिति बनाउने र प्रदेश अन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरु पदेन सदस्यका रुपमा रहने पनि अवधारणापत्रमा जनाइएको छ ।

    yy.jpg

    प्रकाशित मिति :माघ १४ २०७७ बुधवार - १२:१४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij