२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । चासोको विषय सर्वोच्च अदालतमा "हेर्दाहेर्दै"मा रहेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा कानुन व्यवसायीले आज पनि बहस हुँदै छ। माघ ४ देखि मुद्दामा निरन्तर सुनुवाइ हुँदै आइरहेको छ।
प्रधानन्यायाधीश जोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ।
हिजो (मंगलबार) वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीमा विघटनको अधिकार नै नभएको जिकिर गरेका थिए। उनी लगत्तै वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले बहस थालेका थिए। महतोले पनि संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार कतै नदिएको बताएका थिए।
वरिष्ठ अधिवक्ता महतोको बहस बाँकी रहेकाले आज उनैले सुरूआत गर्नेछन् । उनी पनि नेकपाका प्रमुख सचेतक देव गुरूङको रिट निवेदनको तर्फबाट बहस गर्ने छन् ।
हिजोसम्ममा ४५ जना कानुन व्यवसायीले बहस गरिसकेका छन् । ६ जना रिट निवेदकको तर्फबाट बहस सकिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij