Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रचण्ड-माधवले ओली बिरुद्द सिटी फुके पछि देउवाले ओली बिरुद्द जाई लाग्न सुनाए यस्तो निर्णय 

प्रचण्ड-माधवले ओली बिरुद्द सिटी फुके पछि देउवाले ओली बिरुद्द जाई लाग्न सुनाए यस्तो निर्णय 


  • 9.0K
    Shares

    प्रचण्ड-माधवले ओली बिरुद्द सिटी फुके पछि देउवाले ओली बिरुद्द जाई लाग्न सुनाए यस्तो निर्णय 
    images

    संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेकपा प्रचण्ड–माधव समूहले मंगलबार सिठी जुलुस निकालेको छ । सोमबार घोषणा गरिएको तेस्रो चरणको आन्दोलन अन्तर्गत उक्त समूहले मंगलबार सिठी जुलुस निकालेको हो ।

    लैनचौरबाट निस्किएको जुलुस असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिएको छ । यो समूहले माघ २८ मा फेरि अर्को जनप्रदर्शन गर्ने घोषणा गरेको छ । यसअघि माघ ९ मा पनि यो समूहको राजधानीमा जनप्रदर्शन भएको थियो ।

    उता नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो ।  घोषित कार्यक्रमअनुसार काँग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

    बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको थियो भने सोही प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो  । यस्तै पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफल समेत भएको थियो ।

    प्रकाशित मिति :माघ १३ २०७७ मंगलवार - १६:५३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij