Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रधानमन्त्री ओलीलाई सनासो लगाउन माग गर्दै अदालतमा दायर भयो यस्तो मुद्दा 

प्रधानमन्त्री ओलीलाई सनासो लगाउन माग गर्दै अदालतमा दायर भयो यस्तो मुद्दा 


  • 8.6K
    Shares

    प्रधानमन्त्री ओलीलाई सनासो लगाउन माग गर्दै अदालतमा दायर भयो यस्तो मुद्दा 
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ । माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए ।

    त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए। मुद्दा दर्ता भएको अधिवक्ताद्वयले सेतोपाटीलाई जानकारी दिए।

    २०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा उनले मुद्दा हालेका हुन्। 

    प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै "एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन" भन्ने टिप्पणी गरेका थिए।

    अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो। 

    "खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छ", निवेदनमा भनिएको छ।

    प्रकाशित मिति :माघ १३ २०७७ मंगलवार - १५:५९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij