Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

ओलीलाई गर्न मन लाग्यो भन्दैमा जे पनि गर्न दिने श्रीमान भन्दै गर्जिए थापा, ओली बिरुद्द छेडियो जेहाद 

ओलीलाई गर्न मन लाग्यो भन्दैमा जे पनि गर्न दिने श्रीमान भन्दै गर्जिए थापा, ओली बिरुद्द छेडियो जेहाद 


  • 21.2K
    Shares

    ओलीलाई गर्न मन लाग्यो भन्दैमा जे पनि गर्न दिने श्रीमान भन्दै गर्जिए थापा, ओली बिरुद्द छेडियो जेहाद 
    images

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथिमाथिको सुनुवाइ मंगलबार पनि जारी छ। संवैधानिक इजालसमा मंगलबार वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका छन् ।

    बहसका क्रममा थापाले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको कडा आलोचना गरेका छन्। उनले अहिलेको अवस्थामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको दाबी गर्दै प्रधानमन्त्री ओलीलाई दुईतिहाइ चाहियो भन्दैमा चुनावमा जान नमिल्ने बताए ।

    ‘ओलीले आफूलाई दुईतिहाइ चाहिएको बताउनु भएको छ’, वरिष्ठ अधिवक्ता थापाले भने, ‘अब ओलीलाई दुईतिहाइ चाहियो भन्दैमा जतिबेला मन लाग्यो त्यतिबेला संसद् तोडेर चुनावमा जान मिल्छ र श्रीमान् ?’

    यस्तै उनले संसद विघटन गर्नु पर्नका कारणबारे प्रधानमन्त्रीले दिएको लिखित जवाफमाथि पनि प्रश्न गरेका छन्। प्रधानमन्त्रीले आफूलाई असहयोग गरेको भने पनि संसद् विघटन नगर्दासम्म पार्टीभित्रबाट पनि सहयोग पाएको प्रमाण उनले पेस गरे।

    थापाले प्रमाण पेस गर्दैगर्दा इजालसमा न्यायाधीश तेजबहादुर केसीले सोधे, ‘निवेदकले पनि त हामीले सरकार सञ्चालनमा सहयोग गरेका थियौं भनेका छैनन् नि ?’

    त्यसको जवाफमा उनले भने, ‘मन्त्रीहरु कसैले पनि त्यतिबेलासम्म राजीनामा दिएका थिएनन्। संसद् विघटनपछि मात्रै सात जनाले छाडेका हुन्। बजेट पास भएको छ, राजदूतहरु पनि नियुक्त भएका छन्। श्रीमान्, केलाई भन्ने असहयोग ?’ उनले ओलीले पार्टीका अरु नेताले पद खोजे भनेर विघटन गर्न नमिल्ने तर्क गरे।

    प्रधानमन्त्रीको लिखित जवाफमा एकातिर बाध्यता भनिएको र अर्कातिर आफ्नो राजनीतिक अधिकार भनेको भन्दै संविधानअनुसार यो तर्क गलत भएको थापाको भनाइ थियो।

    यस्तै थापाले संसद विघटन नजिकै गरिएका संवैधानिक नियुक्तिलाई लिएर पनि प्रश्न उठाए। ‘सुनुवाइ हुन नसकेको अवस्थामा ४५ दिनभित्रमा स्वतः नियुक्ति हुने व्यवस्था छ। तर, भोलि संसद पुनस्र्थापना भएपछि सभामुखले यो सूचना पाइन, सुनुवाइ हुनै सक्दैन भन्नुभयो भने के होला ?’, उनले भने। उनले त्यो विषय फेरि अदालतमै आउनेतर्फ सचेत समेत गराए।

    संसद् प्रधानमन्त्रीले चाहेका कुरामा नहिँड्ने र आफ्नै तरिकाले चल्ने उनको भनाइ थियो।

    प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिए भने संसदीय दलबाट अर्को नेता चुन्ने विकल्प रहेको सुझाउँदै ओलीमाथि अविश्वासको प्रस्ताव नआउँदासम्म प्रधानमन्त्री ओली नै कायम रहेको बताए। उनले अर्को प्रधानमन्त्रीका लागि ओलीले नै पार्टीभित्रबाट हस्ताक्षर लिएर आउनुस् भन्न सक्ने पनि बताए।

    सवैधानिक इजलासमा अहिले थापापछि वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले बहस सुरु गरेका छन्।

    प्रकाशित मिति :माघ १३ २०७७ मंगलवार - १४:३२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij