२०८२ माघ ७ गते बुधवार
चरी जेलैमा’को सिक्वेलको रुपमा ‘चरि जेलैमा २’ सार्वजनिक भएको छ। गायिका विष्णु माझीको स्वरमा रहेको उक्त गीत बुधबार सार्वजनिक भएको हो।
गत वर्ष निकै चलेको तीज गीत ‘चरी जेलैमा’ तीजको छेकोमा सार्वजनिक भए पनि लामो समयसम्म चर्चामा थियो। सोही चर्चित गीतको सिक्वेल ‘चरी जेलैमा २’ यो वर्षको तीज विशेष गीतका रुपमा सार्वजनिक भएको छ। गायिका माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत माझीका श्रीमान सुन्दरमणि अधिकारीले दिएका छन् भने कोरसमा महिमा आचार्य रहेकी छिन्।
गीतमा ललिता पौडेलले अभिनय गरेकी छिन् भने यसलाई शम्भु चालिसेले खिचेका हुन्। गीतको भिडियोको निर्देशन पनि अधिकारीलले नै गरेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij