२०८२ फाल्गुण २३ गते शनिवार
काठमाडौँ। पछिल्लो समय सफल अभिनेता राजेश हमाल एकपछी अर्को भिडियोमा देखिदै आएका छन्। नेपाली दर्शकले महानायकको रुपमा स्थापित गरेका हमाल अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ।
स्मिता दाहाल र राजनराज शिवाकोटीको स्वरमा रहेको ुमालिंगोु बोलको गीतमा राजेश हमाल र स्मिताको जोडी फिचर रहेको छ। गीतमा सुनिता नेपाल सुवेदीको शब्द र राजनराज सिवाकोटीको संगीत रहेको छ।
सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोलाई सरोज ओलीले निर्देशन गरेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij