२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । नेकपा (बहुमत)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निस्कासन गरेको छ भने निर्वाचन आयोगले बिभाजित नेकपाका दुबै खेमालाई अलग अलग मान्यता नदिँदा बालुवाटारबाट थपिएका पौने एघार सय केन्द्रीय सदस्यको बैधता संकटमा परेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरिसकेको छ।
उता निर्वाचन आयोगले पुस ५ पछाडीका गतिबिधीलाई अबैध ठहर गरे पछि माधव नेपाललाई प्रचण्डले बनाएको अध्यक्ष पनि खोसिएको छ। तर आजका मिति सम्म पनि माधव नेपालले आफुलाई अध्यक्ष भन्दै आएका छन्। नेकपाको अध्यक्षको हैसियतमा नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका केन्द्रीय सल्लाहकार समिति सदस्य खम्बासिंह कुँवर ‘काजी बा’को निधनप्रति अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो । ओलीको कदम मुलुक र पार्टीको हितविपरित भन्दै पुस ६ गते बसेको बहुमत (प्रचण्ड-माधव) पक्षको केन्द्रीय समिति बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्षमा मनोनयन गरेको छ । त्यतिबेला अध्यक्षको जिम्मेवारीबाट हटाएपनि नेकपाले ओलीलाई केन्द्रीय सदस्यमा भने यथावत राखेको थियो ।
अध्यक्षबाट हटाएपनि ओलीले पार्टी र मुलुकको हितविपरितका गतिविधि नरोकेको भन्दै नेकपाले उनलाई तीन दिनको समयावधि तोकेर स्पष्टिकरण सोधेको थियो । तर,ओलीले स्पष्टिकरणको जवाफ नदिएपछि आइतबार बसेको स्थायी कमिटी बैठकले उनलाई साधारण सदस्यतासमेत नरहनेगरी कारवाही गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार पार्टी अध्यक्षबाट हटाएपछि पनि ओलीले राष्ट्र,जनता,संविधान र पार्टीका विरुद्ध लगातार गतिविधि गरेकोले पार्टी विधानबमोजिम उनलाई स्पस्टिकरण सोधिएको तर त्यसको जवाफ नआएपछि पार्टी सदस्यबाट हटाउने निर्णय गरिएको हो ।
बैठकले पार्टीको कार्यालय सचिवमा गंगालाल तुलाधर र उपसचिवमा मोहन गौतमलाई नियुक्त गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij