२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको भन्दै आज पनि उपत्यकामा विभिन्न कार्यक्रम भैरहेका छन्। । सर्बोच्च अदालतमा आज ११ औ दिनको सुनुवाई जारी छ।
यस्ता छन् आजका कार्यक्रम :
विश्व कीर्तिमान कायम् गर्दै आएको पर्वतारोही टोलीलाई आज सरकारले सम्मान गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,पर्यटन विभाग,पर्यटन बोर्ड,नेपाल पर्वतारोहण संघ र पर्यटन क्षेत्रका सबै छाता संघ संस्थाहरूको संयुक्त आयोजनामा संसारको दोस्रो अग्लो हिमाल : Mount k2 ( Karakoram) को सफलतापूर्वक आरोहण गर्ने आरोहीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वागत गरी र्यालीसहित लैनचौरस्थित स्काउट प्राङ्गणमा पुर्याएर सम्मान कार्यक्रम गरिसकिएको छ ।
त्यसैगरी आज काठमाडौ महानगरले सहिद सप्ताहको दोस्रो दिन सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा कार्यक्रम राखेको छ ।
त्यसैगरी,द्वन्द्व पीडित साझा चौतारीले अनसनरत गंगामाया अधिकारीको न्याय र जीवनरक्षाका लागि खबरदारी कार्यक्रम गर्दै छ । वीर अस्पतालको मुख्य प्रवेशद्वारमा यो बिरोध हुने भएको हो ।
योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल केन्द्रीय भेला आयोजक समितिले दोस्रो राष्ट्रिय एकता भेला गरिरहेको छ । भेला बिहान १० बजेदेखि याङ्ग्रिला होटल,बौद्धमा शुरु भएको हो ।
राष्ट्रिय एकता अभियानले नेपाल-चीन सीमा स्तम्भहरूको जिपिएस कोअर्डिनेट सार्वजनिक गर्न माग राख्दै सोमबारदेखि शुरु गरेको तीन दिने धर्ना कार्यक्रम जारी छ । धर्ना कार्यक्रम नापी विभागको कार्यलय मीनभवनमा भैरहेको छ ।
नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियन मनमोहन मेमोरियल सामुदायिक अस्पतालका कर्मचारीहरूले २०७७ साल वैशाखदेखि तलब नपाएको भन्दै शुरु गरेको धर्ना दोस्रो दिन ९आज० पनि जारी छ।
त्यसैगरी,अहिले ११ बजेदेखि माइतीघर मण्डलामा सामाजिक संस्था अनुसुया रिसर्च सेन्टरका सदस्यहरू सुगमजंग केसी,सुनिल महर्जन र लोहित श्रेष्ठले टिचिङ अस्पतालमा रहेका बेवारिसे लासहरुको उचित ब्यवस्थापन गराउन सचेतनामूलक कार्यक्रम गरिरहेको छ ।
अपरान्ह साढे १२ बजे राष्ट्रिय एकता परिषदले महिला हिंसाको कारकतत्व एवं समाधानको उपाय हेतु महिला प्रबुद्ध बर्गहरूबाट स्वतन्त्र विचार प्रस्तुतीकरण गर्ने कार्यक्रम राखेको छ । कार्यक्रम होटल यल्लो प्यागोडा, जमलमा हुने छ ।
आज नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेस स्रोतले जनाएको छ ।
यता,नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड-माधव समूह) केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विधटनको विरुद्ध तेस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार सिठ्ठी जुलुस गर्ने कार्यक्रम छ । जुलुस दिउँसो ३ बजे लैनचौरमा भेला हुनेछ ।
द्वन्दपीडित गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राखी राष्ट्रिय ट्रमा सेन्टरमा पानी समेत नखाई लामो समयदेखि शुरु गरेको सत्याग्रह जारी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij