२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ९४ हजार कायम भएको छ। बिहीबार ९४ हजार ४०० मा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले घटेको छ। बिहीबार ९३ हजार ९०० मा कारोबार भएको तेजाबी सुन आज ९३ हजार ५०० तोकिएको छ।
चाँदी भने तोलामा ५ रुपैयाँ घटेर एक हजार २१० मा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij