२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
गत पुस ७ गतेदेखि सुरु भई पुस १९ मा स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेताहरुले जनाएका छन् ।
काँग्रेसमा संस्थापन इतर प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन् । यसअघि ५ दिनसम्म चलेको बैठकमा २१ जनालेमात्रै आफ्नो धारणा राखेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij