२०८२ भाद्र ९ गते सोमवार
राष्ट्रिय सहकारी बैंक २० औं वर्षमा प्रवेश गरेको छ । २०६० सालमा सहकारी ऐन बमोजिम सञ्चालनका साथै राष्ट्र बैंकबाट बैंकिङ कारोबारको अनुमति पाएको बैंकले साउन १९ गते आफ्नो बैंकिङ कारोबारको सफलता पूर्वक १९ वर्ष पुरा गरेको हो ।
१९ वर्षे आफ्नो यात्रामा बैंकले सहकारी क्षेत्रलाई नै आफ्नो प्रमुख कार्यक्षेत्र बनाई २ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन सफल भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म संस्थाको कुल सम्पति ६० अर्ब पुर्याउन सफल बैंकले ७७ वटै जिल्लामा आफ्नो सदस्यता विस्तार गर्दै १५ हजारभन्दा बढी सहकारी संघ संस्थाहरुलाई आवद्ध गर्न सफल भएको छ ।
हाल राष्ट्रिय सहकारी बैंकका देशभर ६८ वटा शाखाहरु मार्फत सहकारी संघ संस्थाहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंले बताए ।
बैंकको आन्तरिक सबलीकरण तथा सुशासन कायम गर्दै नवीनतम प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय सञ्जालीकरणमा प्रभावकारी उपस्थिती, गुणस्तरीय सेवामार्फत् सहकारी संघ÷संस्थाको दिगो विकासमा टेवा पुर्याउँदै आइरहेको छ।
सहकारीहरूको आन्तरिक सबलीकरण र व्यावसायिक सफलताका लागि बैंकले वित्तीय तथा गैर–वित्तीय सेवाहरु प्रदान गरिरहेको उनले बताए । साथै ‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ परिकल्पना गरी १० वर्षे रणनीतिक योजना तय गरी बैंक अघि बढिरहेको गुरागाईंले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij