२०८२ माघ ७ गते बुधवार
काठमाडौं । कोरोना संक्रमणका कारण होटल संघ नेपाल हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ।
७० वर्षीय शाक्यको उपचारको क्रममा गएराति ओम अस्पतालमा मृत्यु भएको हानका महासचिव विनय शाहले जानकारी दिए।शाक्यलाई दशैँपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।
शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् । उनका एक छोरा डाक्टर हुन् । छोराकै निगरानीमा उपचार गराइरहेका उनी केही दिनदेखि स्वास्थ बिग्रिएपछि ॐ अस्पतालमा भर्ना भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij