Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रचण्ड र बाबुराम मिलाएर नयाँ पार्टी बनाउने तिब्र तयारी,कसले गर्दैछ मध्यस्थता ?

प्रचण्ड र बाबुराम मिलाएर नयाँ पार्टी बनाउने तिब्र तयारी,कसले गर्दैछ मध्यस्थता ?


  • 27.3K
    Shares

    प्रचण्ड र बाबुराम मिलाएर नयाँ पार्टी बनाउने तिब्र तयारी,कसले गर्दैछ मध्यस्थता ?
    images

    उपराष्ट्रपति नन्दकिशोर पुन अक्सर एउटै अवसरमा सार्वजनिक रुपमा देखिने गर्थे । कुनै मित्रराष्ट्रको राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा सरकारलाई प्रतिनिधित्व गरेर  जाने बाहेक उनका गतिविधिहरु सार्वजनिक रुपमा कमै आउँथे ।

    तर पुन एकाएक राजनीतिक रुपमा सक्रिय हुन खोजेको संकेतहरु देखा परेका छन् । सशस्त्र विद्रोह ताकाका सर्वोच्च ‘कमान्डर’ तथा जनसकारका प्रमुख प्रचण्ड र डा. बाबुराम भट्टराईबीच संवादको मध्यस्थकर्ताका रुपमा पूर्व ‘डेपुटी कमान्डर’समेत रहेका पुन देखा परेका छन् । 

    दुई अवधिसम्म राष्ट्रपति भण्डारीका सहायकका रुपमा कार्यरत पुन अहिले केपी शर्मा ओली र प्रचण्डबीच फाटो आएपछि राजनीतिक ‘आवद्धता’ लाई सांकेतिकरुपमा सार्वजनिक गर्न खोजेको अनुमान पनि बढ्न थालेको छ । भण्डारी खुलेरै ओलीको पक्षमा लागेपछि पुन प्रतिस्पर्धी ‘क्याम्प’मा देखिन थालेका छन् ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीभित्र उठेको आफ्नो राजीनामाको माग थेग्न नसकेपछि आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको कारण देखाउँदै संसद विघटन गरेसँगै नेकपा दुई चिरामा विभक्त भएको एक महिनापछि उपपराष्ट्रपति पुनले राजनीतिक सक्रियता बढाएका हुन् ।

    नेकपा दाहाल-नेपाल पक्षका एक उच्च नेताका अनुसार उपराष्ट्रपति पुनले आफ्ना पूर्वसहकर्मी र हाल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रचण्डसँगको एकताका लागि गोप्य छलफल अघि बढाएका छन् ।

    यसैक्रममा शुक्रबार नेकपा दाहाल–नेपाल पक्षले उपत्यकामा प्रदर्शन गरेलगत्तै लैनचौरस्थित आफ्नै निवासमा डा. भट्टराई र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई डाकेर उनले गोप्य रुपमा छलफल गराएका हुन् ।

    सुरुवातदेखिनै ओलीको पक्षमा उभिएकी र पछिल्लो पटक संसद विघटनको ओलीको सिफारिस तत्कालै अनुमोदन गरेर विवादित बनेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग असन्तुष्ट दाहालले पार्टी अब एक नरहने निष्कर्ष निकाल्दै आफ्नो समूहलाई थप बलियो बनाउन डा. भट्टराई र उनीसँग निकट नेताहरुलाई जनता समाजवादी पार्टीबाट भित्राउने प्रयासको सुरुवात गरेको बुझिएको छ ।

    संसद विघटनबारे बालुवाटार र शितल निवासबीच पटकपटक छलफल हुँदा त्यसको सुइँकोसम्म पुनलाई नदिइएकोमा उनी राष्ट्रपतिबाट टाढिएका छन् ।

    स्रोतले भन्यो,‘ अध्यक्ष प्रचण्डले डा। बाबुरामलाई आफ्नो पार्टीसँग एकताका लागि मनाउन थाल्नु भएको छ । भट्टराई पनि यसमा सकारात्मक हुनुहुन्छ । त्यसैले उपराष्ट्रपति पुनले बोलाएको छलफलमा उहाँ जानुभएको हो ।’

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १७:०५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij